नेपाल सरकारको पछिल्लो प्रशासनिक विभाजन अनुसार गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाका ११ स्थानीय तहहरूमध्ये एक आरूघाट गाउँपालिका साविकका ५ वटा गा.वि.स.हरु (आरुचनौटे, आरुपोखरी, आरुअर्बाङ्ग, मान्बु र थुमी) मिलेर स्थापना भएको हो । भौगोलिक हिसाबले ८४०४४’३१.९६” देखि ८४०५८’२०.०९” पूर्वी देशान्तर र २८०२’२१.५५” देखि २८०११’५६.१२” उत्तरी अक्षांशसम्म रहेको यस गाउँपालिकामा उष्ण, सम-शितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाईन्छ । यो गाउँपालिका समुद्री सतहबाट ४७९ मिटर देखि ३७३५ मिटरको उचाइमा रहेको छ । गाउँपालिकाको घर धुरी सर्वेक्षण २०७८ अनुसार १५४.५६ वर्ग.कि.