आरुघाट गाउँपालिकाको डिजिटल पेजमा तपाईलाई स्वागत छ ।
नेपाल सरकारको मिति २०७३ फाल्गुन २७ को स्थानीय तह घोषणा भए अनुसार तत्कालिन पश्चिमाञ्चल विकास क्षेत्र; गण्डकी अञ्चल गोरखा जिल्लाको ६० वटा गा.वि.स. हरू मध्ये ५ वटा साविकका गा.वि.स.हरु (आरुचनौटे, आरुपोखरी, आरुअर्बाङ्ग, मान्बु र थुमी) मिलेर स्थापना भएको आरुघाट गाउँपालिका भौगोलिक रुपमा मध्यपहाडी क्षेत्रदेखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको एवं जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्ण रहेको छ ।