FAQs Complain Problems

आरुघाटको पुर्वतर्फ गणेश हिमाल

Read More

प्राकृतिक सुन्दरता

Read More

 आरुघाट गाउँपालिकाको संक्षिप्त परिचय

आरुघाट गाउँपालिकाको डिजिटल पेजमा तपाईलाई स्वागत छ ।

नेपाल सरकारको मिति २०७३ फाल्गुन २७ को स्थानीय तह घोषणा भए अनुसार पश्चिमाञ्चल विकास क्षेत्र; गण्डकी अञ्चल गोरखा जिल्लाको ६० वटा गा.वि.सहरू मध्ये ५ वटा साविकका गा.वि.स.हरु (आरुचनौटे, आरुपोखरी, आरुअर्बाङ्ग, मान्बु र थुमी) मिलेर स्थापना भएको आरुघाट गाउँपालिका भौगोलिक रुपमा मध्यपहाडी क्षेत्रदेखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको एवं जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्ण रहेको छ ।

आरुघाट गाउँपालिकाको प्रोफाइल -2074

आरुघाट गाउँपालिकाको प्रोफाइल  -2074को अंग्रेजी भाषाको  pdf पढ्नका लागि डाउनलोड गर्नुहोस्|

दस्तावेज: 

Pages

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया पुगेको २ दिनभित्र
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा, योजना शाखा, लेखा शाखा प्रमुखहरु तथा प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • भुक्तानीको लागि निवेदन,
  • प्राविधिकको कार्यसम्पन्न प्रतिवेदन,
  • प्राविधिकको नापी किताब,
  • कार्यस्थलको फोटो (काम सूरु हुनुभन्दा अगाडि र काम सम्पन्न भइसकेपछिका फोटोहरु),प्राविधिक र उ.स.का अध्यक्षले प्रमाणित गर्नुपर्ने,
  • उपभोक्ता समितिको कार्यसम्पन्न भएको निर्णय,
  • वडा स्तरीय अनुगमन समितिको कार्यसम्पन्न सिफारिस,
  • खर्च सार्वजनिक गरेको निर्णय,
  • वडा समितिको कार्यसम्पन्न सिफारिस,
  • रु. ३ लाख भन्दा बढीको योजनामा कार्यस्थलमा सूचना पार्टी राखेको फोटो,
  • उपाध्यक्षको कार्यसम्पन्न सिफारिस,
  • खर्चको विल भर्पाईहरु रु २००००। विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN  विल अनिवार्य हुनु पर्ने,
  • डोर हाजिर फारम (प्रमाणित), उ.स. समितिको पदाधिकारीले हस्ताक्षर गरी वडा अध्यक्षले प्रमाणित गरेको हुनुपर्ने ,
  • सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवशायी, फर्म, संस्था र कम्पनीको हकमा रु २०००० ( बीस हजार)  भन्दा माथिको रकमको हकमा कर विजक नै पेश गर्नुपर्नेछ। भर्पाई मान्य नहुने, 
  • जाँचपास तथा फरफारक समितिको निर्णय सिफारिस
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन,
  • सम्झौता गरिदिने व्यहोराको वडा कार्यालयको सिफारिस,
  • प्राविधिक लागत स्टमेट/कार्यक्रम प्रस्तावना,
  • उपभोक्ता समिति गठनको माइन्युट,
  • उपभोक्ता समितिका पदाधिकारीहरु बैठक बसी सम्झौता गर्ने उल्लेख भएको बैठकको माइन्युट,
  • उपभोक्ता समितिका पदाधिकारीको नागरिकता प्रमाणपत्रको फोटोकपी,
सेवा प्रकारः- स्वास्थ्य सम्बन्धी
सेवा समयः- ३ दिन भित्र
जिम्मेवार अधिकारीः- स्वास्थ्य शाखा प्रमुख
सेवा दिने कार्यालयः- स्वास्थ्य शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  1. व्यहोरा खुलेको निवेदन पत्र
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  3. बिपन्न नागरिक स्वास्थ्य उपचारका लागि उपचारत अस्पतालको सिफारिस
  4. सम्बन्धित वडाको सिफारिस

जानकारी